मुल्यवृद्धि ४.१० प्रतिशतमा सीमित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७. ५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढ्दा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ ।त्यस्तै कुल विदेशी विनिमय सञ्चिति २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन.९४ अर्ब ७४ करोड रहेको छ । त्यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया