भारतमा मंगलबारयता ४६ जनाको डुबेर मृत्यु

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।
राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् ।
जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।
बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घन्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।
भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठूला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रमा निस्कन्छन् ।
गत जुलाईमा प्रदेशमा भीडभाड भएको एउटा हिन्दू समारोहमा कम्तीमा एक सय १६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयमा सबैभन्दा ठूलो दुर्घटना थियो ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ ।
तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ ।
गत जुलाईमा दक्षिण भारतको केरल राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् ।
बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया