बिहीबार, फागुन १४, २०८२

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाड्ने

मेरोन्यूज २०७८ वैशाख २ गते १३:५७

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौ वार्षिक साधारण सभाले गत आव २०७६/ ०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence


काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

साधारण सभाले बनेपास्थित बिपिडब्लू लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १०० – ९५- ९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत
(संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) रहेको छ ।

दुुबै संस्था प्राप्ती पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले बताए ।


उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ति / समाहित गर्ने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारण सभाले गरेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकिकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।


नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकिकृत कारोवार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया