पहिरोले भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ कौरास्थित भीमफेदी-कुलेखानी-फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।
स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
त्यस्तै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली खण्ड तथा पूर्व-पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।
















१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया