२ महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

गलकोट (बागलुङ)। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ ।
बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको थियो । सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राससलाई जानकारी दिए। सडक पटकपटक अवरुद्ध भएपछि बागलुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरेपनि दुई महिनापछि सञ्चालनमा आएको उनले बताए।
यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताए।
सडकको ट्र्याक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले बताए। उनले वर्षा रोकिँनासाथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिए। उक्त पहिराका कारण बलेवा, कुश्मिसेरा र बरेङ सडक महिनौँदेखि बन्द छन् ।
पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पुल बनाउन थालेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उल्लेख गरे।















प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया