यू-२० एशियन कप छनाेट : नेपाल बहराइनसँग ४-० ले पराजित
मेरोन्यूज
२०८१ असोज ११ गते १५:४०

काठमाडौं । एएफसी यू-२० एशियन कप छनाेटमा नेपाल बहराइनसँग पराजित भएको छ ।
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो ।
यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ ।
नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो ।
त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया