विपदमा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
सभामुख घिमिरेले आज अपिल जारी गर्दै विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक सङ्घसंस्था र आम नेपाली जनतामा आह्वान गरेका हुन् ।
“तीन दिनदेखि लगातार भएको भारी वर्षाका कारण देशभर ठूलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले स्तब्ध बनाएको छ । बाढी पहिरोमा परी दिवङ्गत हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।
सभामुख घिमिरेले विपद्मा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
वर्षा भोलिसम्म जारी रहने पूर्वअनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रमा सम्भव सबै सुरक्षा अपनाउन अनुरोध गर्दै उहाँले नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गरेका छन् ।
















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया