कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दु माथि

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।
आइतबार बिहान ९: ४५ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख २८ हजार १०० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरु बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ । अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेकोले उच्च रातो सतर्कताको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया