सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ ।
जुत्ता उत्पादन सङ्घका अध्यक्षसमेत रहनुभएका उद्योगी रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि केही व्यवसायीहरुले मिलेर सञ्चालन गरेका नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलका उक्त पसलमा उपभोक्ताले विशेष चासोका साथ खरिद तथा अवलोकन गर्न थालेका छन् ।
पर्व लक्षित गरेर केही जुत्ता उद्योगका उद्योगीले कम्तिमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरि उक्त सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसल भएका कारण उपभोक्ताको आकर्षण अझै बढ्ने उनको भनाइ छ ।
उनले अहिले साल्ट ट्रेडिङसँग केही व्यवसायीले सहकार्य गरे पनि आगामी दिनमा धेरै व्यवसायीलाई सहभागीगराई देशैभर सरकारद्वारा सञ्चालिन व्यापारिक प्रतिष्ठानसँग सहकार्य गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने बताए।
उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन पहल गर्ने बताए। जुत्ता उत्पादक सङ्घले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उनको भनाइ छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले कालीमाटी र जडीबुटीस्थित सूपथ जुत्ता पसलबाट बिहीबारसम्ममा दिनहुँ १००÷१०० जोर हाराहारीमा जुत्ता तथा चप्पल बिक्री भएको बताए।
उनले छोटो समयमै उपभोक्ताको आकर्षण बढेको र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने हरेक उपभोक्ताले जुत्ता बिक्री कक्षको अवलोकन गरेरै जाने गरेको जानकारी दिए। बञ्जाडेले शुक्रबार र शनिबार वर्षाले प्रभावित बनाएको बताए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया