२ किलो गाँजा सहित बालक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २ गते १८:२२

पर्सा । बीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट २ किलो गाँजासहित एक बालक पक्राउ परेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बिहिबार शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई खानतलासी गर्दा कम्मरमा उक्त गाँजा बाँधेर वीरगञ्जबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बाराको जितपुर सिमरा उप महानगरपालिका-३ घर भएका बालक टेम्पोबाट ओर्लेर नेपाल-भारत सिमानाको मितेरी पुल हुँदै रक्सौलतर्फ गाँजा बोकेर जाँदै थिए ।
उनलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया