पर्वका लागि छुट मूल्यमा चामल बिक्री सुरु
मेरोन्यूज
२०८१ असोज १६ गते १७:२३

जनकपुरधाम । नजिकिँदो पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत तथा छुट मूल्यमा जनकपुरधाममा चामल बिक्री सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहका अनुसार अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु भएको छ ।
अरुवा सोना मन्सुली प्रतिकेजी रु ६० तथा बासमती चामल प्रतिकेजी रु ११८ का दरले मूल्य निर्धारण गरिएको छ । उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो रु पाँचले सस्तो हो ।
मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र आजदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने प्रमुख साहले जानकारी दिनुभयो । सो सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया