आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरूमा हुरी बतास चल्ने सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।









एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर नेपालले यूएईविरुद्ध बलिङ गर्दै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
एड्ससँगै यौन रोग बढ्दाे क्रममा, चितवन जिल्लामा मात्र हजार दुई सय ४३ जना एड्स सङ्क्रमित
सरकारी सम्पत्ति आगजनी र तोडफोड आरोपमा मोदीका स्वकीय सचिव पक्राउ
नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया