इजरायलका लागि दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक
मेरोन्यूज
२०८१ असोज १७ गते ९:५९

काठमाडौँ । इजरायलमा रोजगारीका लागि आवेदन दिएकामध्ये दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको छ । इजरायल सरकारले आवेदन दिएकामध्ये गोला प्रथा (लट्री) मार्फत नाम सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगार विभागले तीन हजार चार सय ६१ जनाको सूचीबाट दुई हजार एक सय १२ जनाको नाम सार्वजनिक भएको हो । गोला प्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भेटिएकाले नाम हटाइएको विभागले जनाएको छ । नेपालस्थित इजरायली दूतावासको रोहवरमा गोला प्रथा गरिएको हो ।
विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । इजरायलको पिवाले सार्वजनिक गरेको नामावली अनुसार एक हजार एक सय ५६ महिला (६० प्रतिशत) र नौ सय ५६ पुरुष (४० प्रतिशत) गरी दुई हजार ११२ जना छनोट भएका छन् ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया