जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन

बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा निस्वार्थ भावले गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बैतडीको पुर्चौँडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज बिहिबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।
उनले भने, “जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नुहँदैन । निस्वार्थ भावनाले जनताको सेवामा खटिनुपर्छ ।”प्रदेश सरकार सुशासनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बिचौलियाका माध्मबाट कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन नहुने प्रष्ट पारे ।
उनले भने, “प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरेको छ । माग र आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र विक्रमसिंह धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर, पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुकलगायतको सहभागिता रहेको थियो । विसं २०७७ मङ्सिरमा निर्माण थालिएको सो भवन रु ६ करोड ७६ लाखको लागतमा २०८१ वैशाखमा निर्माण सम्पन्न भएको हो ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया