परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा
मेरोन्यूज
२०८१ असोज १८ गते १०:४०

नेपालगञ्ज (बाँके )। यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले बिहीबार कार्यालयबाट सेवा प्रवाहको शुभारम्भ गरे । नयाँ भवन रु पाँच करोड ४८ लाख ८५ हजारको लागतमा निर्माण भएको हो । बीस कोठाको यो भवनबाट तीन प्रदेशका दुई सय क्याम्पसलाई सहज सेवा उलव्ध हुने उपकुलपति बरालले बताए ।
त्यस अवसरमा कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुदूरपश्चिम प्रदेशको सेवासमेत कोहलपुरबाट प्रवाह गर्न आग्रह गरे । उक्त कार्यालयका प्रमुख सुमन गौतमले उत्तरपुस्तिका परीक्षणका आवश्यक पूर्वाधार पनि भवनमा रहेका जानकारी दिए ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया