ललितपुरका तीन गाउँपालिका क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेन

ललितपुर । असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले दक्षिण ललितपुरका तीन गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँ विद्युत्का खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेकाले आठ दिनदेखि विद्युत् अवरुद्ध भएको हो ।
महाङ्काल गाउँपालिकाका धामी, टुङ्गुन र मसानखोलामा आएको बाढीले सय केबिएको ट्रान्सफर्मर बगाउनुका साथै १५ वटा विद्युत्का पोल काम नलाग्ने गरी क्षति पुर्याएको छ । कोञ्ज्योसोम र बागमती गाउँपालिकामा पनि बाढीले विद्युत्का पोल बगाएको र क्षति पुगेको छ ।
ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले यहाँ ७८ वटा पोल बाढीले बगाएको र सडकबाटो अवरुद्ध हुँदा पोल दुवानीमा समस्या भएकाले समयमै सेवा सञ्चालन गर्न नसकिएको बताए । “यहाँ सडकबाटो समेत अवरुद्ध भएकाले आवश्यक सामग्री ढुवानी गर्न नसक्दा समस्या भएको छ । यसकारण महाङकाल र बागमती गाउँपालिका क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न एक हप्ताभन्दा बढी समय लाग्न सक्ने प्राविधिकहरूको भनाइ छ । हामी सकेसम्म चाँडै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ”, उनले भने ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया