भारतको मेघालयमा बाढी र पहिरोमा परी १० जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले राज्यको ‘गारो हिल्स’ क्षेत्रमा ठूलो क्षति पुगेको हो ।
मेघालयका मुख्यमन्त्री कोनराड संगमाले बाढीको अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासनलाई स्थानीय सरकारसँग सहयोग लिन र प्रभावित क्षेत्रमा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
पश्चिम गारो हिल्स जिल्ला दलु-३ र दक्षिण गारो हिल्स जिल्ला ग्यासुआपारा-७ मा बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अधिकारीहरूका अनुसार स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ)का कर्मचारीहरूले प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् ।
पाँच जिल्लाका प्रभावित क्षेत्रमा व्यापक क्षति भएको जनाइएको छ । पानी बढेपछि काठका पुल भत्किएका छन् । बगेका पुल तत्काल पुनर्निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
मेघालयको पश्चिमी गारो हिल्सबाट बगेको वर्षाको पानीले छिमेकी आसम राज्यको मानकाचरमा बाढी आएको र धेरै गाउँहरू डुबानमा परेको रिपोर्टहरूमा उल्लेख गरिएको छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया