बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

कलैया (बारा) । जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए ।
केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिए ।
मधेस प्रदेश कृिष विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ ।
सोमध्ये बारामा मात्र कुल छ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा रु ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको उहाँले जानकारी दिए।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया