हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बजारमा (भिडियाे)
काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ ।
क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन् । ‘लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौं । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन् ।
गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।
म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन् । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन् ।
















यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया