बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा आगमी बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।
सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति सङ्घले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो ।
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरुबाट उक्त दिन १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ ।नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ ।
जसमध्ये करिब सात लाख बालबालिकाहरु अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ ।
आईएपीबीका अनुसार हाल विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा उपचार आवश्यक पर्ने दृष्टिसम्बन्धी समस्या छ ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरणमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता सङ्गठन आईएपीबीले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो वर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० (असोज २४ गते) बिहीबारका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया