बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति

भोजपुर । हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको हो ।
बाढीपहिरोका कारण यहाँ रु चारको करोड बढीको क्षति भएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। हाल क्षति पुगेका संरचनाको विवरण सङ्कलनको काम भइरहेको उनको भनाइ छ । पहिराले साविक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए। यहाँको राईटोल र विकटोल जोखिममा रहेको उनले जानकारी दिए।
“बाढी पहिराले रु चार करोड बढीको क्षति पुगेको अवस्था छ”, उनले भने, “काभ्रेको एउटा बस्ती नै जोखिममा छ । सडक, पुल, खानेपानी, सिँचाइ कुलोमा क्षति पुग्दा जनजीवनमा प्रत्यक्ष असर परेको अवस्था छ ।”
त्यस्तै बाढीपहिराले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ । त्यस्तै गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ ।
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोमिखमा परेको वडा कार्यालयले जनाएको छ । पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन् । पहिराले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ । त्यस्तै स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ । साविक–४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिराको जोखिममा परेको जनाइएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया