लेबनानबाट ९०० भन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

काठमाडौँ । लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।
अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् । यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको छ ।
अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्याएका थिए ।
क्वान्टासको पहिलो उडान आइतबार राति ३४९ अष्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो । अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अष्ट्रेलियालीहरू लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता भएका छन् ।
सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ ।
तथ्याङ्कअनुसार बुधवारसम्म लेबनानमा अनुमानित १५ हजार अस्ट्रेलियालीहरू रहेका थिए ।
















हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया