यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू

दोलखा । गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुंगा सोलुखुम्बुलगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।
चाडपर्वमा हुने भीड भाडमा यात्रुको सहजताका लागि खरिढुंगा सातदोबाटो चरिकोट, सिंगटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुंगा-चरिकोट ९२२ किमी. कम्तीमा एक घण्टा, चरिकोट-किर्नेटार ९३९ किमी. कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट-जिरी ९५६ किमी. कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट-सिँगटी ९३९ किमी. का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।
यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । खरिढुंगा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गरे ।
यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिए भन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुंगा मन्थली, सोलुखुम्बुलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका छन् ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया