अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

काठमाडौं । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।
तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बीबीसीले जनाएको छ ।तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको छ ।
यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको स्थानीयले बताएका छन् । फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।शताब्दीकै शक्तिशाली तुफान भएको हुनसक्ने अनुमान बताइएको बीबीसीले जनाएको छ।
आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । उनले जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।
















भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया