जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६० जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ६० जना पक्राउ परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय दिल बहादुर चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका-६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया