जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

धनुषा । विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ ।
प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको राम युवा कमिटीका अध्यक्ष सरोज साहले बताए । फूलपाती भित्र्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।
सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । आज भित्र्याइको फूलपाती दशैं घर वा पूजा घरमा राख्ने चलन छ । जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना, बौधीसहितका शक्तिपीठका साथै विद्यापति तथा रामानन्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
वैदिक विधिअनुसार घटस्थापना देखि शुरु दशैँको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रीको पूजा आज गरिने कार्यक्रम छ । आज मध्यरातमा विधिपूर्वक कुभिन्डोको बली दिने र त्यसपछि कालरात्रीको पूजा विधिअनुसार मन्दिरको तर्फबाट एक जोडी बोका बली दिने छ । शुक्रबार महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकल अनुसारका बोला बली दिइने गरिन्छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया