दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

गलेश्वर (म्याग्दी) । विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बि समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो ।
एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः रु एक लाख एक हजार १० नगद, द्वितीय पुरस्कार रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएका सहसचिव सचिन कार्कीले जानकारी दिए।
प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताए । आगामी दिनमा प्रतियोगिता र अन्य कामलाई निरन्तरता दिइने उनले बताए । —
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया