कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुन : स्थापना
मेरोन्यूज
२०८१ असोज २६ गते २१:१६

काठमाडौं । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ ।
दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।
शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।
हरेक वर्ष विजया दशमीका दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए ।
सम्बन्धित










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया