थिमिको प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

भक्तपुर । दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।
एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न भएकोे हो ।
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।
कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगा र बोकाको बलि दिने परम्परा छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई आज एकादशीको दिनमा बाजागाजाका साथ बिगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको हो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया