थिमिको प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न

भक्तपुर । दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो ।
एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुकुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पन्न भएकोे हो ।
बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारी अगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले कुभिण्डो काटेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।
कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगा र बोकाको बलि दिने परम्परा छ । नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई आज एकादशीको दिनमा बाजागाजाका साथ बिगुल फुक्दै लायकू दरबारबाट दिगु भैरव परिक्रमा गरी बालकुमारीमा पुगेर जात्रा सम्पन्न भएको हो ।

















बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया