हवाई आक्रमणमा परी २३ जना सुडानी नागरिकको मृत्यु, ४० जना घाइते

काठमाडौं । दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् ।
“हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
“घाईतेहरूलाई उपचारका लागि बसाइर, एलराजी र अलराकी अस्पतालमा सारिएको छ । घाईते मध्ये केहीको अवस्था गम्भीर छ,” विज्ञप्तिमा भनिएको छ ।
हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन् ।
सैन्य स्रोत र साक्षीहरूका अनुसार, सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तुममा सेप्टेम्बर २६ मा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध महत्त्वपूर्ण आक्रमण सुरु गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घ समन्वय कार्यालयले सुडान सन् २०२३ अप्रिल १५ देखि एसएएफ र आरएसएफ बीचको हिंसात्मक द्वन्द्वमा फसेको जनाएको छ । यसको परिणामस्वरूप यहाँ लगभग २० हजार जनाको मृत्यु भएका र हजारौं जना घाइते भएका छन् ।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
प्रतिक्रिया