अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना बमजाेर

दुबई ।अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि न्युजिल्यान्ड र पाकिस्तानको खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ ।
अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाकिस्तानले न्युजिल्यान्डसँगको खेलमा जित हात पारेमा नेटरन रेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । सो खेलमा जित हात पारेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ।आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाएको हो ।
६.५ ओभरमा ३ विकेटको क्षतिमा ४७ रन बनाएको भारतका कप्तान हरमन प्रीत कौर र दीप्ति शर्माले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे । ११० रनमा शर्मालाई गुमाएको भारतका छैटौँ क्रम भन्दा तलका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । कौर ५४ रनमा अविजित रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४१ बलमा ४० रनको योगदान गरिन् । ब्याटिङतर्फ १० रन जोडेर बलिङमा २ विकेट लिएकी अनाबल सुदलल्यान्ड खेलको म्यान अफ द म्याच घोषित भइन् ।















प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया