श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।
त्यसैगरी समितिको सदस्यमा महासङ्घका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् । समितिको सल्लाहकारमा महासङ्घका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेकाे आज जारी विज्ञप्तिमा उल्लेख छ ।
स्टार्टअपसँग आवेदन माग यस्तै महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसीप सहयोगसहित महासङ्घका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आजदेखि आवेदन आह्वान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ ।
समितिले गत चैत ९ मा पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासङ्घको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ । महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनीरूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

















चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
Nearly 20 killed in militant attacks in NW Pakistan
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Two killed in road accident
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया