जापानमा निर्वाचन अभियान सुरु

जापानमा अक्टोबर –२७ मा हुने आम चुनावको लागि मङ्गलबार देखि निर्वाचन अभियान सुरु भएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यसका साझेदारहरुले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ भने विपक्षी दलहरूले सत्तारूढ समूहको पकडलाई कमजोर पार्ने कुरामा चुनावको ध्यानाकर्षण रहेको छ ।
संसदको शक्तिशाली सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्याम एन. एच. के. ले जनाएको छ ।
जापानको प्रतिनिधि सभा मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छ जसले एकल–सदस्य जिल्लाहरू र समाननुपातिक प्रतिनिधित्व दुवैलाई मिलाउँछ ।
निर्वाचनमा मतदाताहरूले दुईवटा मतपत्रमा भोट हाल्छन ती मध्ये एउटा एकल–सदस्य जिल्लामा उम्मेद्वारका लागि र एउटा समानुपातिक प्रतिनिधित्वमा रहेको पार्टीका लागि हुन्छ ।
निर्वाचनले एलडिपीको कोष घोटालालाई पछ्याइ राजनीतिक सुधार, मुद्रास्फीति र आर्थिक उपायहरूको प्रतिक्रिया जस्ता प्रमुख मुद्दाहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
लामो समय जापानमा शासन गर्ने एलडिपीले यसअघि ४६५ सदस्यीय तल्लो सदनमा २५८ सिट ओगटेको थियो भने ३२ सिटसहितको कोमेइटोसँग गठबन्धनमा शासन गरेको थियो ।
मुख्य विपक्षी दल पूर्व प्रधानमन्त्री योशिहिको नोडाको नेतृत्वमा रहेको जापानको संवैधानिक लोकतान्त्रिक पार्टीले भने ९९ वटा सिट जितेको थियो










समाजमा शान्ति-सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्छ : गृहमन्त्री अर्याल
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
प्रतिक्रिया