डडेल्धुरामा बस दुर्घटना: उद्धारमा सेनाको टोली परिचालन
मेरोन्यूज
२०८१ असोज ३० गते ९:३६

काठमाडौँ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-७ स्थित दशरथचन्द राजमार्गमा पवनदुत यातायातको बस दुर्घटनापछि उद्धार कार्यका लागि नेपाली सेनाको फौज परिचालन भएको छ।
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको ना. ८ ख १०७८ नम्बरको बस असोज ३० गते राति करिब १२ः२० बजे खर्स्याथान (पोखरा बजार नजिक) मा दुर्घटना भएको थियो। जुन सडकबाट करिब २०० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनाको खबर प्राप्त भए लगत्तै नेपाली सेनाको उद्धार टोली तत्काल घटनास्थलमा पुगेको थियो। अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नेपाली सेनाले दुर्घटनामा परेका १२ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ भने घटनास्थलबाट ४ जनाको शव सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया