डडेल्धुरामा बस दुर्घटना: उद्धारमा सेनाको टोली परिचालन
मेरोन्यूज
२०८१ असोज ३० गते ९:३६

काठमाडौँ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-७ स्थित दशरथचन्द राजमार्गमा पवनदुत यातायातको बस दुर्घटनापछि उद्धार कार्यका लागि नेपाली सेनाको फौज परिचालन भएको छ।
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको ना. ८ ख १०७८ नम्बरको बस असोज ३० गते राति करिब १२ः२० बजे खर्स्याथान (पोखरा बजार नजिक) मा दुर्घटना भएको थियो। जुन सडकबाट करिब २०० मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनाको खबर प्राप्त भए लगत्तै नेपाली सेनाको उद्धार टोली तत्काल घटनास्थलमा पुगेको थियो। अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नेपाली सेनाले दुर्घटनामा परेका १२ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ भने घटनास्थलबाट ४ जनाको शव सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
आज रास्वपाको वृहत्तर एकता घोषणा सभा गर्दै
प्रतिक्रिया