सलमानको सुरक्षामा थप कडाइ, घर वरपर एआईयुक्त सीसीटिभी जडान

काठमाडौं। बलिउड अभिनेता सलमान खानको सुरक्षामा कडाइ गरिएको छ।
एनसीपी नेता बाबा सिद्दीकीको हत्या लगतै सलमान खानलाई ज्यान मार्ने चेतावनी दिएपछि उनको सुरक्षामा थप कडाई गरिएको हो।
सलमानको मुम्बईस्थित बान्द्रामा रहेको घरमा ५० देखि ६० जना प्रहरीलाई सादा पोषाकमा परिचालन गरिएको छ भने उनको फार्महासउमा पनि सुरक्षा व्यवस्था कडाई बनाइएको छ। साथै सलमान खानसँग भेटघाटका लागि पनि रोक लगाइएको छ।
यसका साथै एआईयुक्त उच्च गुणस्तरको सीसीटिभी पनि जडान गरिएको छ।
सलमानलाई वाई प्लस सुरक्षा पनि दिइएको छ। जसमा ८ देखि १० जना प्रहरी रहेका छन्। त्यसबाहेक सलमान खानको व्यक्तिगत सुरक्षाकर्मीहरू पनि हाई अलर्टमा रहेका छन्।
लोरेन्स विश्नोई नामक समूहले गत शनिवार राति बाबा सिद्दीकीको गोली हानी हत्या गर्दै सलमानलाई ज्यान मार्ने चेतावनी दिएको थियो। विश्नोइ समूहले यसअघि पनि सलमानलाई ज्यान मार्ने चेतावनी दिँदै उनको घरमाथि गोली प्रहार गरेको थियो।














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया