सलमानको सुरक्षामा थप कडाइ, घर वरपर एआईयुक्त सीसीटिभी जडान

काठमाडौं। बलिउड अभिनेता सलमान खानको सुरक्षामा कडाइ गरिएको छ।
एनसीपी नेता बाबा सिद्दीकीको हत्या लगतै सलमान खानलाई ज्यान मार्ने चेतावनी दिएपछि उनको सुरक्षामा थप कडाई गरिएको हो।
सलमानको मुम्बईस्थित बान्द्रामा रहेको घरमा ५० देखि ६० जना प्रहरीलाई सादा पोषाकमा परिचालन गरिएको छ भने उनको फार्महासउमा पनि सुरक्षा व्यवस्था कडाई बनाइएको छ। साथै सलमान खानसँग भेटघाटका लागि पनि रोक लगाइएको छ।
यसका साथै एआईयुक्त उच्च गुणस्तरको सीसीटिभी पनि जडान गरिएको छ।
सलमानलाई वाई प्लस सुरक्षा पनि दिइएको छ। जसमा ८ देखि १० जना प्रहरी रहेका छन्। त्यसबाहेक सलमान खानको व्यक्तिगत सुरक्षाकर्मीहरू पनि हाई अलर्टमा रहेका छन्।
लोरेन्स विश्नोई नामक समूहले गत शनिवार राति बाबा सिद्दीकीको गोली हानी हत्या गर्दै सलमानलाई ज्यान मार्ने चेतावनी दिएको थियो। विश्नोइ समूहले यसअघि पनि सलमानलाई ज्यान मार्ने चेतावनी दिँदै उनको घरमाथि गोली प्रहार गरेको थियो।
















सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया