पाटन प्रिमियर लिग सुरू : मन्त्री भण्डारीद्वारा उद्घाटन

बैतडी । यहाँको पाटनमा आजदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताए ।
मन्त्री भण्डारीले भने, “खेलका माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ । सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । खेलमैदान बनाउन सरकार सक्रिय छ ।” बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएको र यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उहाँले विश्वास व्यक्त गरे ।
यसका साथै मन्त्री भण्डारीले राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेका बताए । उनले भने, “राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेर सरकार बनाएका हौँ । बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छाैं । निरासालाई आशा र भरोसाका बदल्न सरकार लागेको छ ।”
पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय पुरस्कारमा ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरजबापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया