आइतबार, फागुन १०, २०८२

चाँदीको मुल्य बढ्ने अपेक्षा

मेरोन्यूज २०७८ वैशाख ५ गते १२:१७

काठमाडौं । यो वर्ष चाँदी महंगो भई सुनको मुल्य सरह पुग्ने व्यापारीहरुले जनाएका छन् । अन्तराष्ट्रिय क्षेत्रमै आर्थिक विश्लेषक र व्यापारीले चाँदीको माग र आपूर्तीमा बढोत्तरी भएकाले ऐतिहासिक मुल्य वृद्धि भई सुनको सापेक्ष पुग्ने विश्वास गरेका छन् । गत वर्षको मुल्यलाई आधार मान्नेहो भने गत वर्ष अगष्ट २५ मा अहिलेसम्मकै महंगो भई सुनको मुल्य प्रतिऔंस १ हजार ९ सय २९ अमेरिकी डलर पैसा कायम थियो भने चाँदी २६ अमेरिकी डलर रहेको विश्व सुनचाँदी मापकले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसपछि घट्न थालेको सुनमा उच्च वृद्धि नभएकाले चाँदीको मागसँगै महंगो भई हालको सुनको मुल्य सरह पुग्न सक्ने अनुमान गरिएको छ । विश्वको ठूलो औद्योगिक क्षेत्रमा कोभिड १९ को महामारिले पुनरुत्थानको स्थिती आएपछि सुनचाँदीको शेयरमा लगानी हुन थाल्दा चाँदीमा चाप बढ्न थालेको अन्तराष्ट्रिय विश्लेषक एंव युनिभर्सिटी अफ मेनेसोटाका निर्देशक पाउल सिलीसिअनोले जानकारी दिए ।

सुन र चाँदीको सकारात्मक सम्बन्ध र चाँदीले सुनलाई महत्व दिएकाले आफू कम मुल्यमा खरिद बिक्रिमा लाग्ने ऐतिहासिक पाटो छ । पछिल्लो समय चाँदीमा भएको आकर्षणले माग र लगानी बढ्न थालेकाले चाँदी सुन सरह पुग्ने सुन विश्लेषक सिलीसिअनोले दाबी गरे ।

नेपाली व्यापारीले भने चाँदी सुनको तुलनामा अवमूल्यन छ । विदेशबाट किन्ने सुनचाँदीमा शेयर सट्टेबाजले यस वर्ष चाँदीमा हैकम चलाएर मुल्य बढाउन सक्ने शंका गर्न सकिने बताएका छन् । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले मेरोन्यूजडटकमसँग कुरा गर्दै भने,‘गत फेबु्रअरीमा चाँदीको मुल्य बढेकाले अन्तराष्ट्रिय मध्यस्तकर्ताले चाँदीप्रति शेयर बढाएकाले अहिले चाँदी महंगो हुने संकेत देखिएको हो ।’

सामान्यतया, लगानीकर्ताले सुन खरीद गर्दा विकल्पका लागी चाँदी किन्छन् । चाँदी शेयर बजारमा सुन समान सुविधाहरु पउने भएकाले अन्तराष्ट्रिय क्षेत्रमा बहुमूल्य मानिन्छ । दुर्लभ छ र आर्थिक तथा राजनीतिक अनिश्चितताको समयमा सुरक्षित लगानीको रुपमा शेयरसँगै सुनचाँदीलाई लिने भएकाले पनि पछिल्लो समय चाँदीको माग बढ्न थालेको हो ।

यसैबीच आज आईतबार सुनचाँदीको मुल्य महंगो भएको छ । कारोबार हुने साताको पहिलो दिन आज आइतबार सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । यस्तै चाँदी गत शुक्रबार समान प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया