बार्सिलोनाले उचाल्यो कोपा डेल रेको उपाधि
मेरोन्यूज
२०७८ वैशाख ५ गते १२:४२

काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ ।
एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको हो ।
स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४-० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गोल गर्दा एन्टोनी ग्रिजमन र फ्रेन्की डी जोङले समान १/१ गोल गरेका थिए ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा १२ मिनेटको अवधिमा बार्सिलोनाले ४ गोल गरेको थियो । ६०औं मिनेटमा ग्रिजमन, ६२औं मिनेटमा डी जोङ र ६८ र ७२औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।
रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । एथ्लेटिक बिल्बाओको भने कोपा डेल रे को फाइनलमा यो लगातार दोस्रो हार हो ।
सम्बन्धित
















Laxman Thapa Appointed Chief Executive Officer of Ila Hotel & Resort
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया