लोप हुँदै मखानखेती

जलेश्वर (महोत्तरी) । मखानखेतीका लागि उर्वर भूमि मानिएको महोत्तरीमा मखानखेती लोप हुँदै गएको छ ।
कुनै बेला मिथिला क्षेत्रकै आम्दानीको स्रोत मानिएको मखानखेती लोप हुन थालेको जलेश्वर नगरपालिका–१ का किसान विजय मुखियाले बताए । किसानहरूले आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि मखानखेती लोप हुन थालेको उनको भनाइ छ ।
जिल्लामा चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य होस् या मृत्यु र श्राद्ध कर्ममा समेत मिथिलामा मखानको प्रयोग हुने गर्दछ । मखान आयआर्जनको माध्यमसँगै मिथिलाको संस्कृति जोगाउने उपक्रम र परम्परागत पुर्ख्यौली पेसा पनि रहेको जलेश्वर नगरपालिका–५ का सांस्कृतिविद् ध्रुव राय बताउछन् ।
मीठो खाद्य पदार्थका रूपमा रहेको मखान भारतबाट समेत आयात हुने गर्छ । मखानखेती घटेसँगै खासगरी मलाह जातिको रोजगारी घट्दै गएको मलाह जातिका अगुवा राम विशेष मुखिया बताउछन् ।
केही वर्ष अघिसम्म मखानको बजार राम्रो भएपछि उनीहरूले मखानखेती गरी आम्दानी लिन थालेका थिए । तर किसानहरूले पोखरीमा माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेको स्थानीय जोगी मुखियाले बताए। विशेषगरी पोखरी र तलाउमा गरिने मखानखेती सुरुमा मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मेहनतमा आय आर्जन गर्न सकिने खेती हो । मलाह जातिहरू मखानखेतीतर्फ बढी आकर्षित थिए । पोखरीभित्र मखान तयार भएपछि उनीहरू बाहिर निकाली घाममा सुकाई आगोमा भँटेर लावा तयार गरी बेच्ने चलन थियो ।
जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिकाका दर्जनौँ गाउँमा दुई सय ५० बढी पोखरीमा मखानखेती गरिन्थ्यो । हाल आएर थोरै सङ्ख्यामा मात्रै हुने गरेको स्थानीयवासी बताउँछन् । मिथिलामा कोजाग्रत पूर्णिमाका दिन ठूलो परिमाणमा मखान बिक्री हुने गर्दछ भने दीपावली र छठ पर्वलगायत मखानको विशेष महत्त्व हुने गर्दछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया