साताको पहिलो दिन सेयर बजार ३५ अंकले घट्यो
मेरोन्यूज
२०७८ वैशाख ५ गते १५:३८

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ३५ अंकको पहिरो गएको छ। यस दिन ३५.८९ अंकले घटेर परिसूचक २६.९९ अंकमा झरेको छ।
कारोबार रकम भने उल्लेख्य बढेको छ। कुल ८ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि बिहीबार ८ अर्ब ६३ करोडको भएको थियो। म्युचुअल फण्डबाहेक सबै समूहहरु यस दिन घटेका छन्।
बैंकिङ ३३, ब्यापार १२५, होटल तथा पर्यटन ९२, विकास बैंक ४८, जलविद्युत ३२, फाइनान्स १६, निर्जीवन बीमा १८३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ५०, जीवन बीमा १११ अंकले घटेका छन्। म्युचुअल फण्ड ०.०६ अंकले मात्रै बढेको छ।
यस दिन २ कम्पनीको मूल्य करिब १० प्रतिशतले नै बढेको छ। महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको हो।
अरु दुई कम्पनी दिव्यश्वरी हाइड्रोपावरको मूल्य ९.४ र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९ प्रतिशतले बढेको छ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया