बिहीबार, चैत १२, २०८२

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : शनिबार ११ जना सडक आश्रित मानवहरूको उद्धार

मेरोन्यूज २०८१ कार्तिक ४ गते १२:०४

जनकपुरधाम । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा-३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका-७ बाट १ जना गरि सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट -१ बाट २ जनाको उद्धार भएको हो ।

मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

उद्धार भएका ८ जना पुरुष र ३ जना महिलालाई आजै मानवसेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया