३६ वर्षपछि टेस्टमा घरेलु मैदानमा न्यूजिल्याण्डसँग भारतकाे हार

काठमाडौं । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारत पराजित भएको छ।
बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो।
टेस्टमा ३६ वर्षपछि भारत घरेलु मैदानमा न्युजिल्याण्डसँग पराजित भएको हो । पछिल्लो पटक भारतले सन् १९८८ मा वानखेडे स्टेडियममा हारेको थियो ।
यो हारपछि टीम इन्डिया ३ खेलको सिरिजमा ०-१ ले पछि परेको छ । सिरिजको दोस्रो खेल २४ देखि २८ अक्टोबरसम्म पुणेमा हुनेछ ।
टेष्ट खेल १६ अक्टोबरबाट सुरु भएको थियो । तर वर्षाका कारण पहिलो दिन खेल हुन सकेन ।
दोस्रो दिन रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । पहिलो इनिङ्समा भारतीय टोली ४६ रनमा अलआउट भएको थियो । ३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे। अरु नौं ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो।
भारत पहिलो इनिङग्समा ४६ रनमै अलआउट हुँदा दोस्रो इनिङग्समा ४६२ रन जोडेर पनि बलियो लक्ष्य प्रस्तुत गर्न सकेन।
न्युजिल्यान्डका लागि पहिलो इनिङ्ग्समा रचिन रविन्द्र १३४ रन र डेवन कनवेले ९१ रन बनाएका थिए। बलिङमा भारतका कुलदिप यादव र रविन्द्र जडेजाले ३-३ विकेट लिए।
भारतका लगि दोस्रो इनिङग्समा सर्फराज खानले १५० रन बनाएका थिए। ऋषव पन्त ९९ रनमा आउट हुँदा रोहित शर्माले ५२ रन जोडेका थिए।
















पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया