बुधबार, वैशाख २३, २०८३

नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’: उत्तर कोरिया

मेरोन्यूज २०८१ कार्तिक ४ गते १७:२३

काठमाडौँ । उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।

Advertisement
NiccNicc

मार्चमा रुसले उत्तर कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो ।

रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागू गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ ।

“यस्तो अनुगमन प्रणाली ‘पूर्ण रूपमा गैरकानूनी र अवैध’ छ”, उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भने, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”

यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रुसमा प्रशिक्षण गरिरहेको बताइएको छ।प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको छ।

मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा उल्लेख गरेका छैनन् । प्योङयाङले यसअघि नै रुससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ।

प्रतिक्रिया