बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १८:२६

हेटौँडा। बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
त्रिवेणी गाउँपालिका–१ नवलपरासी निवासी श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए ।
पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलबीच सहमति हुन नसक्दा सात महिनादेखि आयोगको अध्यक्ष नियुक्ति रोकिएको थियो ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया