कर्णालीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन

सुर्खेत। कर्णाली प्रदेश राजधानी सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
कृषि मन्त्रालयअन्तर्गत कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको आज प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरे।
त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले चालु आर्थिक वर्षमा योसहित पाँच वटा प्रयोगशाला स्थापना भएको जानकारी दिए। देशभर विषादी प्रयोगशालाको सङ्ख्या १२ पुगेको छ। यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफूल खानबाट जोगिन सघाउ पुग्ने अपेक्षा गरिएको छ।
वीरेन्द्रनगरको बुलबुले हाटबजारमा स्थापित प्रयोगशालाबाट गत साउनदेखि नै परीक्षण सुरु गरिए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो। प्रयोगशालामा हालसम्म विभिन्न फलफूल र तरकारीका ४९ वटा नमूनामा विषादीको मात्राको अवस्था परीक्षण गरिएको थियो। जसमा भारतबाट आएका फलफूल र तरकारीमध्ये पाँच र चीनबाट आएका वस्तुको एउटा नमूना परीक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख रोकायले जानकारी दिए।
यस्तै, सल्यान र सुर्खेतबाट आएका पाँच÷पाँच, दैलेखका २०, जुम्लाका पाँच, दाङका ६ र कैलालीबाट आएको एउटा तरकारी र फलफूलजन्य वस्तुको परीक्षण गरिएको त्यसअवसरमा जानकारी दिइयो।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया