सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

कास्की । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज आइतबार यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उनले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्यो भने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गरे ।
“जलस्रोतको धनी देश नेपालमामा विद्युत्, कृषि, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गर्दै आर्थिक क्रान्ति गर्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “जबसमम हामीले प्राविधिक शिक्षालाई प्रमुख प्राथामिकताको विषय बनाउँदैनौँ तबसम्म नेपालको विकास हुन सक्दैन ।” रोजगारीकै लागि नेपाली युवा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो सङ्ख्यामा रहेकाले युवालाई नेपालमा नै रोक्न सरकारले स्वरोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेपालको समृद्धि हुन नसक्नुमा भौगोलिक कारण पनि एक भएको उल्लेख गर्न सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउँदै विकासलाई गाउँगाउँसम्म पुर्याउनुपर्नेमा जोड दिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया