लगातार ज्यान मार्ने धम्कीबीच दुबई जाँदै सलमान

काठमाडौं । लरेन्स बिस्नोइ ग्रुपको लगातार ज्यान मार्ने धम्कीका बीच सलमान खानले फेरि काम सुरु गरेका छन् । हाल अभिनेता रियालिटी शो ‘बिग बोस १८’ को सुटिङमा व्यस्त छन् ।
सलमान चाँडै नै अन्तर्राष्ट्रिय शो ‘दबंग रिलोडेड’का लागि दुबई जान लागेका छन् । यो शो यसै वर्षको डिसेम्बर ७ मा हुनेछ ।
शो मा सलमानसँगै ज्याकलिन फर्नान्डिज, सोनाक्षी सिन्हा, सुनील ग्रोवर, मनिष पल र आस्था गिल जस्ता सेलिब्रेटीहरू पनि सहभागी हुने बताइएको छ।
रिर्पोटका अनुसार सलमानले भर्खरै कडा सुरक्षाबीच अजय देवगनको फिल्म ‘सिंघम अगेन’को सुटिङ पूरा गरेका छन् । यसमा उनी चुलबुल पाण्डेको भूमिकामा देखिनेछन् ।
राजनीतिज्ञ तथा सलमानका नजिकका साथी बाबा सिद्दिकीको हालै मुम्बईमा हत्या भएपछि अभिनेताको सुरक्षामा थप कडाई गरिएको छ ।
सलमानलाई वाई प्लस सुरक्षा दिइएको छ । उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर पनि प्रहरीको संख्या बढाइएको छ । हाल सलमानको सुरक्षामा करिब ५१ गार्ड छन् ।










गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
Chitwan Rhinos beats Karnali Yaks by four wickets, Bopara hits half-century
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया