लगातार ज्यान मार्ने धम्कीबीच दुबई जाँदै सलमान

काठमाडौं । लरेन्स बिस्नोइ ग्रुपको लगातार ज्यान मार्ने धम्कीका बीच सलमान खानले फेरि काम सुरु गरेका छन् । हाल अभिनेता रियालिटी शो ‘बिग बोस १८’ को सुटिङमा व्यस्त छन् ।
सलमान चाँडै नै अन्तर्राष्ट्रिय शो ‘दबंग रिलोडेड’का लागि दुबई जान लागेका छन् । यो शो यसै वर्षको डिसेम्बर ७ मा हुनेछ ।
शो मा सलमानसँगै ज्याकलिन फर्नान्डिज, सोनाक्षी सिन्हा, सुनील ग्रोवर, मनिष पल र आस्था गिल जस्ता सेलिब्रेटीहरू पनि सहभागी हुने बताइएको छ।
रिर्पोटका अनुसार सलमानले भर्खरै कडा सुरक्षाबीच अजय देवगनको फिल्म ‘सिंघम अगेन’को सुटिङ पूरा गरेका छन् । यसमा उनी चुलबुल पाण्डेको भूमिकामा देखिनेछन् ।
राजनीतिज्ञ तथा सलमानका नजिकका साथी बाबा सिद्दिकीको हालै मुम्बईमा हत्या भएपछि अभिनेताको सुरक्षामा थप कडाई गरिएको छ ।
सलमानलाई वाई प्लस सुरक्षा दिइएको छ । उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर पनि प्रहरीको संख्या बढाइएको छ । हाल सलमानको सुरक्षामा करिब ५१ गार्ड छन् ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया