सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।
खाँदबारी–३ स्थित मानेभञ्याङमा आजदेखि नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको हो ।
सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा खाँदबारी युथ क्लब भर्सज सेकाहा सामुदायिक विकास क्लबबीच प्रतिस्पर्धा भएको छ । सेकाहा सामुदायिक विकास क्लबले दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ । दोस्रो खेलमा सभा पोखरी फुटबल क्लब र तीन पोखरी समाज विकास क्लबबीच प्रतिस्पर्धा भएको छ । सभापोखरी फुटबल क्लबले शून्यका विरुद्ध ५ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले समाजमा भएका विकृति, विसङ्गतिलाई खेलकुदका माध्यममार्फत निर्मूल पार्नुपर्ने बताए ।
प्रतियोगितामा जिल्लाका मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको चुलाचुली युवा क्लब र सुनसरीको पाथीभरा फुटबल क्लबसहित कोशी प्रदेशका १२ टोलीको सहभागिता रहेको एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । पूर्वीपहाडी जिल्लाको महत्त्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा लिइएको क्लबका अध्यक्ष राईले बताए ।
विजयी टिमलाई नगद रु दुई लाख ट्रफि, मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद रु एक लाखसहित ट्रफि, मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तैगरी सेमी फाइनालिष्ट दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिने आयोजक एड्भान्स क्लबले जनाएको छ ।
फुटबल प्रतियोगितामा करिब रु २८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसीकरण गर्ने उद्देश्यले विसं २०६४ देखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताखाँदबारी–३ मानेभञ्याङस्थित महेन्द्र माविको खेलमैदानमा कात्तिक १२ सम्म सञ्चालन हुनेछ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया