आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
यस्तो छ तपाईंको राशिफल :
मेष : आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।
वृष : आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।
मीथुन : आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
कर्कट :ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
सिंह : सानो तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रति खर्च बढ्न सक्छ तर, बुद्धिको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।
कन्या : आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
तुला :आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।
वृश्चिक : आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु : नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।
मकर : रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ : आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिन : आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।

















देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया