साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ का दुई खेल हुँदैछ । आज माल्दिभ्स र भुटान तथा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने पहिलो खेलमा माल्दिभ्स र भुटान खेल्नेछन् । यस्तै, अपराह्न साढे ५ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।
अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै रहेको छ ।आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । यस्तै, भुटानले पनि बराबरी खेले पुग्नेछ ।
जारी प्रतियोगितामा समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया